काठमाडौं– भक्तपुरमा आज तीनतले घरमा तीन वटा शव भेटिएको छ । उनीहरू एकै घरको परिवार भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा किराना पसल सञ्चालन गर्दै आएका सुदीप अधिकारी, उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्त अधिकारीको शव गन्हाएको अवस्थामा भेटिएको हो । साथै घरपालुवा कुकुरसमेत मृत अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार घटना शंकास्पद रहेको र उनीहरुकाे हत्या भएकाे हुन सक्ने देखिएकाे छ । प्रहरीले घटनाकाे अनुसन्धान जारी राखेकाे छ ।