काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना कुरा राखेर बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा अर्का अध्यक्षलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर ओली बाहिरिएको स्रोतले बताए ।
आजको बैठकमा साउन ३१ गते पार्टीको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा बनाइएको ६ सदस्यीय कार्यदलको प्रतिवेदन र अध्यक्षद्वयले तयार पारेको प्रस्ताव पेस भएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वयको प्रस्ताव पास गरेर आजै बेठक सक्ने तयारी रहेको बताइएको छ ।