काठमाडौं - चितवनमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा चितवन भरतपुर महानगरपालिकाका ३१, पर्सा १ र नवलपुरका २ जना रहेका छन् ।
पछिल्लो समय चितवनमा कोरोना भाइरसका बिरामीको संख्या बढिरहेका छन् ।
भरतपुर अस्पतालमा गरिएको परिक्षणमा संक्रमितका स्वाब भने भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनस्थलबाट संकलन गरिएको थियो ।