काठमाडौं - अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्नुहुने भएका छन् ।
उनी सो भ्रमणका लागि अर्को हप्ता जाने भएको समाचारमा जनाइएको छ । इरानको तासनिम समाचार समितिले सो समाचार दिएको छ । विदेशमन्त्री मोहमद जभाद जारिफ बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनको भ्रमणमा जानुहुने भएको सो समाचारमा उल्लेख गरिएको छ ।
सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताका विरुद्धमा संयुक्त राज्य अमेरिकाले इरानमाथि अहिले पछिल्लो समयमा निकै ठूलो दबाब दिएको बताइएको छ । यस्तो अवस्थामा विदेशमन्त्री जभादले युरोपेली देशहरुको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।
अमेरिकाले उक्त सम्झौताका विरुद्धमा इरानलाई दबाब दिइरहेका बेला आफ्नो पक्षमा सहमति जुटाउन विदेशमन्त्री जभादले सो भ्रमण गर्न लाग्नुभएको अनुमान गरिएको छ । रासस