काठमाडौं - बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।
उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुले केही स्थानलाई खुकुलो बनाउने निर्णय गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि बिहान ११ बजेसम्म र साँझ ४ बजेपछि पसञ्चालन गर्न अनुमति दिएको छ ।
बैठकले सामुहिक रुपमा भेला हुन्, भोज भतेर गर्न, सभा गोष्ठी गर्न, शैक्षिक संस्था सञ्चालन गर्न तथा सिनेमा हललाई निषेध गरेको छ ।