ललितपुर– रातो मत्स्येन्द्रनाथ रथयात्राका क्रममा भएको विवादमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिने सञ्जय शाक्यलाई निसर्त रिहा गरिने भएको छ । नगरप्रमुख महर्जनले शाक्यले उत्तेजनामा आएर त्यस्तो गलत अभिव्यक्ति दिएको भन्दै उनलाई अविलम्ब रिहा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
‘त्यो अभिव्यक्तिलाई मैले उत्तेजनात्मक र आवेशमा आएर दिएको अभिव्यक्तिका रुपमा लिएको छु । तसर्थ निज सञ्जय शाक्यलाई पनि निसर्त अविलम्ब रिहा गर्न स्थानीय प्रशासनको ध्यानार्षण गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।
नगरप्रमुख महर्जनले रथयात्रा विवादका क्रममा पक्राउ परेकालाई निसर्त रिहाका लागि पहल गरेको बताए । उनले भदौ १८ गतेको घटनामा घाइते भएका ट्राफिक प्रहरीलगायत अन्य सबैको स्वास्थ्यलाभको कामना गरेका छन् ।
विज्ञप्ति पढ्नुहोस् :
