पचास वर्षपछि सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतलाई दिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङलाई गल्मपतिको जिम्मेवारी दिइएको हो ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो । अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ । वि.सं. २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन् भने नेपालमा दोस्रो गुल्मपति हुन् ।
नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन् ।
‘तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य । अधिकारभित्र रहेर उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु,’ उनले भनिन् ।