काठमाडौं - आज मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।
प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भहेको छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ । रासस