एजेन्सी– इलाहाबाद उच्च अदालत लखनऊको कोरोना महामारीको कारण देखाउँदै अनलाइनबाटै सुनुवाई गर्ने निर्णयको विरोध भएको छ ।
लखनऊ पीठको अवध बार एसोसिएशनले अदालतमा भर्चुअल सुनुवाईको विरोध गर्दै मङ्गलबारदेखि हडताल सुरु गरेको हो ।
एसोसिएशनका वकिलहरुल अदालतमा भौतिकरूपमा उपस्थित भएर नै कुनै पनि मुद्दामाथि सुनुवाइ गर्नुपर्ने माग गरेका छन् ।
विरोधमा सहभागी वकीलहरूले सुनुवाईका लागि इन्टरनेटबाट अनलाइन गरिने बहसमा भिडियोको स्तर कमजोर हुने र संयोजनमा आउने समस्याका कारण ‘भिडियो कन्फरेन्सिङले उचित सुनुवाइ हुन नसक्ने बताउँदे आएको छ ।
महामारीका कारण अदालतमा उपस्थित भई बहस गर्न कठीन परेको भन्दै अदालतले ‘भर्चुअल’ सुनुवाइको व्यवस्था गरेको थियो ।