एजेन्सी– अमेरिकी केही नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने भएको छ । अमेरिकामा मेसेजिङ एप्लिकेसन विच्याट प्रतिवन्ध गर्ने भएपछि समस्या भोगिरहेका अमेरिकी नागरिकले राष्ट्रपतिविरुद्ध मुद्धा दायरको तयारी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले विच्याटबाट अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने भन्दै प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेपछि अमेरिकी नागरिकहरु आक्रोशित बनेका हुन् ।
रोजगारी लगायत अन्य सिलसिलामा चीनमा रहेका आफ्ना नातेदारसँग सम्पर्क गर्ने माधयम अन्य नभएको भन्दै उनीहरुले ट्रम्पको निर्णयको विरोध गरेका हुन् ।
शुक्रबार सान फ्रान्सिस्कोमा विच्याट प्रयोगकर्ता एलायन्सले सामूहिक निवेदन दिदैं ध्यानाकर्षण गराएका छन् । उनीहरुले विच्याटको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि उल्लेख गरेका छन् ।
निवेदन र्दा गराउँदै वकील माइकल बाइनले संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरेका छन् । प्रतिवन्धको आदेश आउँदो सेप्टेम्बर २० देखि लागू हुनेगरी राष्ट्रपतिले हस्ताक्षर गरेका छन् ।