जेनेभा–  कोरोना भाइरस संक्रमितको संख्या २ करोड २२ लाखभन्दा बढी भएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार संक्रमितको संख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।     
तीमध्ये २ लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।  सोही अवधिमा ६ हजार ५ सय ५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।   योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ८२ हजार ४ सय ५६ पुगेको छ ।