जाजरकोट– लोपोन्मुख लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजिकै फेला परेको छ । भेरी नगरपालिका–१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यस वर्ष ११ वटा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए ।
धल्दा, कालेगाउँ नजिकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाइएको अधिकृत सिंहले जानकारी दिए । यसअघि सुर्खेतमा पनि १० वटा सो प्रजातिका गरुड भेटिएका थिए ।