एजेन्सी - कोरोना भाइरसको कारणबाट हालसम्म विश्वभर ७ लाख ५९ हजार मानिसको मृत्यु भएको छ ।
विश्वभर फैलिएको भाइरस अहिलेसम्म दुई करोड ११ लाख ७९ हजार जना मानिसमा देखिएको छ ।
जसमा १ करोड ३९ हजार मानिस निको भएका छन् । भाइरसले सबैभन्दा बढी आक्रान्त परेको देश अमेरिकामा ५४ लाख मानिस संक्रमित भएका छन् भने १ लाख ७० हजार मानिसले ज्यान गुमाएका छन् ।
त्यस्तै भाइरसबाट मर्नेहरुको संख्यामा मेक्सिको पनि अगाडी रहेको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा ६ सय २७ जनाले ज्यान गुमाएका छन् ।
योसँगै यहाँ कोरोना भाइरसबाट मर्नेको संख्या ५५ हजार २ सय ९३ पुगेको छ । अमेरिका र ब्राजिलपछि मेक्सिको अहिले भाइरसको जोखिम बढी रहेको तेस्रो देशमा रहेको छ ।