काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ४ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा २५ हजार ५ सय ५१ ज्नामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । यो सहित कोरोना संक्रमण उपार पछि घर फर्कनेको संख्या १७ हजार ७७ पुगेको छ ।
७ हजार ९ सय १३ जना कोरोना संक्रमित देशभरका विभिन्न अइसोलेशनमा उपचार गराइरहेका छन् । १४ हजार ६ सय ३८ जना क्वारेन्टीनमा छन् ।