काठमाडौं– सक्षम नेपालले दृष्टिविहीनका लागि गायन प्रतियोगिता ‘सक्षम नेपाल सिङगिङ आइडियल’ सुरु गरेको छ । देशभरिबाट ५० जना सहभागी रहेको सो प्रतियोगितामा संखुवासभाका गगन आले मगर विजयी भएका छन् ।
झापाका अस्मिता शिवाकोटी फस्ट रनर अप, काभ्रेका प्रवेग तामाङ सेकेन्ड रनर अप, झापाका दिल राजवंशी थर्ड रनर अप भएका छन् । त्यस्तै, कास्किका हिता गुरुङ पब्लिक च्वाइस, पाल्पाका कुशल आचार्य राइजिङ स्टार, झापाकी अस्मिता शिवाकोटी प्रयत्न स्टार र झापाकै किशोर अर्याल बेस्ट परफरमरका रुपमा विजयी भएका छन् । भूपेन्द्र बज्राचार्य, रामचन्द्र काफ्ले, रमेश सुवेदी निर्णायकका रूपमा रहेको आयोजक संस्थाका अध्यक्ष विरुकमल श्रेष्ठले बताए ।