काठमाडौं– देशभरका ५ सय २५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै १ सय ६५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयमा १३५ र काठमाडौं उपत्यकामा ३० जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उता, प्रदेश १ मा २४ जना प्रहरी संक्रमित छन् । प्रदेश २ मा ४५ जना र वाग्मती प्रदेशमा ३४ प्रहरी संक्रमित छन् । यसैगरी गण्डकीमा १९ जना प्रहरी संक्रमित भएका छन् ।
प्रदेश ५ मा ४४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म १ सय ८४ जना प्रहरी उपचारपछि घर फर्किएका छन् ।