विराटनगर– कोरोना संक्रमणका कारण विराटनगरस्थित कोशी अस्पतालमा २ जनाको मृत्यु भएको छ । विराटनगरका ३० वर्षे पुरुष र सिरहा बिष्णुपुरका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनीहरु दुबै जनाको कोशी अस्पतालको आइसोलेसन वार्डमा उपार भैरहेको थियो । सिकिस्त बिरामी भइ अस्पताल भर्ना भएका बिष्णुपुरका पुरुषमा श्वासप्रस्वास तथा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
बिहिबार ११ बजे अस्पताल भर्ना हुन आएका विराटनगरका पुरुषमा पनि उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएको छ । विराटनगरका यि पुरुषको भने मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित कोशी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।