काठमाडौं - लिदीमा गएको पहिरोमा पुरिएर ५ घरपरिवारको १३ जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका –२ लिदीमा पहिरो जाँदा २२ वटा घर पुरिएका छ ।
सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको लिदीमा भएको पहिरोको अवलोकन गर्न पुगेका छन् ।
सापकोटा पहिरोको क्षति विवरण बुझ्न जुगल गाउँपालिकाअध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङको टोलिसहित हेलिकप्टरमार्फत लिदी पुगेका हुन् ।
लिदीमा शुक्रबार बिहान ६ बजे तिर पहिरो गएको थियो ।
पहिरोमा परेर १५ जना घाइते भएका छन् ।