सिन्धुली– प्रेसर कुकुर बम पड्काउने धाकधम्की दिएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय भरत अधिकारीलाई बिहीबार बिहान पक्राउ गरेको छ ।
अधिकारीले खर्कमाया आलेको घरमा प्रेसर कुकर बम पड्काइदिन्छु भनी धाकधम्की दिएको खबर प्राप्त हुनासाथ क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।