काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सहित नेपालमा २४ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट १ सय ९ जना घर फर्किएका छन् । अहिलेसम्म १६ हजार ८ सय ३७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
देशभर ९ हजार ८ सय ५९ जनाको पीसीआर परिक्षण गरिएको थियो । अहिलेसम्म ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा १४ हजार ७ सय ६९ संक्रमित उपचार गराईरहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ११ जना संक्रमित थपिदा भक्तपुरमा ५ जना र ललितपुरमा ११ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा महोत्तरी, अछाम, धनुषा र विराटनगरमा संक्रमित मृतकको संख्या थपिएको हो ।