काठमाडौं– त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्ष सिल गरिएको छ । त्यहाँ कार्यरत चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ जनाको बुधाबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि सिल गरिएको अस्पतालका कोरोना संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।
टिचिङको आकस्मिक कक्षमा कार्यरत अन्य कर्मचारीको नमुना संकलन कार्य सुरु गरिएको छ । अस्पतालका अन्य कर्मचारीको रिपोर्ट आएपछि मात्रै आकस्मिक वार्ड सञ्चालन गर्ने नगर्ने निणर्य गर्ने डा. सन्तकुमार दासले जानकारी दिए ।
अस्पतालको मेडिसिन वार्डमा कार्यरत अन्य ४ जनालाई पनि यस अघिनै कोरोना संक्रमण पुष्टि भैसकेको छ ।