काठमाडौं - बुधबार नेपालभर ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौं उपत्यकामा १ सय ३८ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबारमात्र काठमाडौँमा १ सय ९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा अहिले ७ हजार ६ सय १३ जना मानिस कोरोना बाट संक्रमित रहेका छन् ।
त्यस्तै १६ हजार ७ सय २८ जना संक्रमित मानिस उपचारपछि सन्चो भएका छन् ।