कञ्चनपुर - क्वारेन्टिनमा नै एक महिलाको मृत्यु भएपछि कञ्चनपुर कृष्णपुर नगरपालिकाका बासिन्दाहरु आन्दोलित भएका भएका छन् ।
नगरपालिकाको वडा नम्बर ६ स्थित महाकाली माविमा राधा ओडको क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् ।
उनको मृत्यु पश्चात स्थानीयले नगरपालिका घेराउ गरेका छन ।
उनीहरुले वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै नगरपालिकाका कर्मचारीलाई कार्यालयमा भित्र बन्दी बनाएका छन् ।
ओड मंगलबार मात्र भारतबाट आएकी थिइन् ।