एजेन्सी - न्यूजिल्याण्डले १ सय २ दिनपछि आजदेखि ३ दिनका लागि लकडाउन गरेको छ ।
न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर मानिने ओक्ल्याण्डमा ४ जना कोरोना सङ्क्रमित देखिएपछि ओक्ल्याण्डमा लकडाउन गरिएको हो ।
घरमै बसेको एकै परिवारका चार जनामा मंगलबार कोरोना सङक्रमण देखिएपछि न्यूजिल्याण्डले लकडाउन गरिएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
ओक्ल्याण्डमा लकडाउन गरिएसँगै सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका मानिसको कन्ट्याक्ट ट्रेसिङ भइरहेको र अत्यावश्यक सेवाको संस्था बाहेका सबै ठाँउ बन्द गरिएको छ ।
त्यस्तै त्यहाँका स्थानीयलाई घरमा बस्दै सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागु गरिएको छ ।
कोरोना भाइरसले न्युजिल्याण्डमा हालसम्म १ हजार ५ सय ७० जना संक्रमित तथा २२ जनाको मृत्यु भएको छ ।