काठमाडौं– ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जनकपुरकी ३८ वर्षीया ति महिलाको राति १ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए ।
मृतक महिलामा गत साउन १८ गते मेनेन्जाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको आइसीयूमा उपचार भैरहेको थियो ।