काठमाडौं– गत साउन ९ गते २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार भयो । उनलाई आफैले काम गरेको कारखानाका मालिकले आफूलाई मन नपराएको भन्दै एसिड प्रहार गरेका थिए । एसिड प्रहारको २ घण्टामै प्रहरीले एसिड आक्रमण गर्ने २ युवालाई पक्राउ पनि गर्यो ।
पवित्रा कार्कीको हाल उपचार चलिरहेको छ । उनको उपचारका लागि व्यक्तिगत तथा संघ संस्थाका तर्फबाट सहयोग आउने क्रम जारी छ । अब उनको अगाडीको अध्ययनको सम्पूर्ण जिम्मा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लिने भएको छ ।
नेविसंघका अध्यक्ष राजिब ढुंगानाले कार्कीको अध्ययनको सम्पूर्ण जिम्मा नेविसंघले लिने जानकारी दिएका छन् । उनले भनेका छन्– ‘आज २ बजे पवित्रा बहिनीलाई भेट्न जाँदैछौं । उनलाई डिग्रीसम्म पढाउने जिम्मा हामी लिन्छौं ।’
पवित्रा प्लस टु सकेर बाँकी अध्ययनका लागि काठमाडौं आएकी थिईन् ।