‘खानी हो यामु हे कान्छा’ गीतबाट चर्चामा आएकी गायिका तृष्णा गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘आघुमै सालै त भेट हाम्रो होला !’ गीत तृष्णाको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको हो । यसअघि तृष्णाका ‘गाइने दाजै’, ‘माया मन भरी’, ‘रेलैमा’लगायत गीत खुब रुचाइएको थियो ।

आघुमै सालै त कस्तो खाले गीत हो ?
सफ् एन्ड स्लो गीत हो । लोकधुनमा पश्चिमी संगीतको फ्युजन छ । मेरा अरू गीत जस्तै सारंगी र गितारको फ्युजनबाट गीत बनाइएको हो ।
गीतको भावबारे केही भन्नुहुन्छ कि ?
यसमा सँगै हुन नपाएका दुई प्रेमीको मिलन चाँडै हुने आशा गरिएको छ । ‘आघुमै सालै तु कलकली बग्छ आधी खोला, कसरी बुझाउने मन मेरो होला’ भन्ने यो गीतमा पुराना क्षणको सम्झनासमेत गरिएको छ ।
गीतको योजना कहिले बनाउनुभयो ?
दुई वर्षअघि नै यस्तो खाले गीत गर्ने योजना थियो तर लकडाउनको अवधिमा पूरा गरें । रचना र कम्पोज आफ्नै हो । म्युजिक एरेन्ज बिजु कर्माचार्य र सन्नी सुमनको छ ।
भिडियो कहिले बनाउनुभयो ?
लकडाउन खुकुलो भएपछि नै लेलेमा गएर भिडियो बनाएको हो ।
गीतको भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=Uikgx5rHox0