काठमाडौं–वीरगन्ज कारागारका ६ कैदीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ जना बालबालिका सहित थप ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित मध्ये १० जना महिला रहेका छन् । कारागारमा कार्यरत कर्मचारी तथा कार्यरत प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ ।
कैदीहरुलाई अदालत लैजाने क्रममा कोरोना फैलिएको हुनसक्ने आशंका गरिएको छ ।
संक्रमण पुष्टि भएका कैदीहरुलाई राख्न कारागार परिसरकै समता स्कुलमा आइसोलेसन वार्ड निर्माण कार्य सुरु भएको छ ।