काठमाडौं– बुधबार बिहानैबाट राजधानीमा सामान्य वर्षा भैरहेको छ । बिहान बजेसम्म हल्का वर्षा हुने र दिउँसो २ बजेपछि पुनः भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहानैबाट सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भैरहेको छ । यो मनसुन शुक्रबारसम्म सक्रिय रहेने मौसमविद् मञ्जु भासीले जानकारी दिएकी छिन् । देशका प्राय स्थानमा भारी वर्षा सहित बाढी, पहिरो र डुवानको उच्च सम्भावना भएकाले सर्तक रहन मौसमविद् अनुरोध गरेका छन् ।
सडक तथा हवाई यातायात समेत प्रभावित हुने भन्दै सर्तक रहन मौसम विभागले आग्रह गरेको हो ।