काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ देखि अगस्ट ८ सम्मका उडान तालिका सार्वजनिक गरिएकाे हाे ।
नेपाल एयरलाइन्सले अगस्ट ८ सम्म १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले जुलाई ३० देखि अगस्ट ७ सम्म १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।
नेपाल एयरलाइन्स
जुलाई ३१– जापान र कुवेत
अगस्ट१– क्वालालम्पुर र कतार
अगस्ट२– जेदाह र दुबई
अगस्ट३– अष्टे«लिया र कतार
अगस्ट४– दुबई र कतार
अगस्ट५–रियाद र दमाम
अगस्ट६– रियाद र दुबई
अगस्ट७– रियाद र दमाम
अगस्ट८– जेदाह र दुबई
हिमालय एयरलायन्स
जुलाई ३० र अगस्ट१– कुवेत
जुलाई ३१– चीनको कुनमिङ
जुलाई ३१ र अगस्ट३– दोहा
जुलाई ३१, अगस्ट१,२, ३ र ४– अबुधाबी
अगस्ट२, ३, ६ र ७– क्वालालम्पुर
अगस्ट४, ५, ६ र ७– दमाम
नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगस्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजिरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।