काठमाडौं– पछिल्लो ३ दिनमा नेपाल प्रहरीको हेडक्वाटरमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी मुख्यालय नक्सालमा कार्यरत २३ जना प्रहरीमा सोमबार एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।
पहिलो दिन प्रहरी हेडक्वाटरका ४ जनामा कोरोना संक्रमण देखिएपछि गरिएको कोरोना परिक्षणमा संक्रमितको संख्या २७ पुगेको हो ।
अहिले स्वास्थ्य मन्त्रालय तथा प्रहरी अस्पतालको सयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरिरहेको प्रहरी प्रवक्ता एआईजी नीरज शाहीले जानकारी दिए । अत्यन्तै जरुरी बाहेक प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।