काठमाडौं - वीरगंजमा १५ जनामा मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार आएको परिक्षण रिपोर्टमा ३ जना स्वास्थ्यकर्मी सहित बाकीँमा कोरोना देखिएको हो ।
जसमा १ जना महिला र १४ जना पुरुष रहेका छन् । संक्रमितहरु वीरगंज बाहेक इलाम र बारा जिल्लाका पनि रहेको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले बताए ।
संक्रमितहरु मध्ये कोही आफै परिक्षण गर्न आएका थिए भने केहीको कन्ट्याक्ट् ट्रेसिङ गरिएको थियो ।
संक्रमितहरुमा वीरगञ्ज ११ श्रीपुरका २ जना, १३ का २ जना, ४ का २ जना, ७ का २ र २३ का एक जना तथा जग्दम्बा ईन्टर प्राइजेजमा कार्यरत तीन जना कामदार रहेका छन् । त्यस्तै १ जना जिल्ला प्रहरी कार्यालयका थुनुवा पनि छन् ।