एजेन्सी - चीनको दक्षिण–पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द भएको छ ।
अमेरिकाले यसअघि चीनले ‘बौद्धिक सम्पत्ति चोर्नका लागि’ ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको प्रयोग गरेको आरोप लगाउँदै गत हप्ता ह्युस्टनस्थित रहेको चिनियाँ वाणिज्य दूतावासलाई बन्द गराएको थियो ।
अमेरिकाको उक्त कदमको जवाफ दिँदै चीनले पनि ७२ घण्टा भित्र अमेरिकी वाणिज्य दूतावासलाई बन्द गर्ने लगाएको हो । जसअनुसार चङ्गदुस्थित रहेको अमेरिकी वाणिज्य दूतावास भएको बुझिएको छ ।
अमेरिकाले सन् १९८५ मा चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास स्थापना गरेको थियो । वाणिज्य दूतावास बन्द गर्दै दुतावासका कर्मचारीहरूले आफ्नो सामान लिएर कार्यालय छाडेका थिए ।
अमेरिकी कुटनीतिज्ञले कार्यालय छाड्दा वाणिज्य दूतावास भवनबाहिर भने मानिसको भिड लागेका थियो ।
पछिल्लो समय चीनसँगको व्यापार, कोरोनाभाइरस महामारी तथा हङ्कङमा लागु गरिएको विवादास्पद कानुनको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढिरहेको छ ।