काठमाडौं– काठमाडौं महाबौद्धमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज घर भइ हाल महाबौद्ध बस्दै आएका उक्त परिवारका छोरा र छोरीमा गत बिहीबार कोरोना संक्रमण देखिएको थियो । उनीहरु बिहीबारनै अस्पताल भर्ना भएका थिए ।
आइतबार गरिएको परिक्षणमा सोही परिवारका आमा, बाबु र नातिनीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । १५ दिन अघि नातिनी र छोरी भारतको सीतामणिबाट काठमाडौं आएका स्थानियले बताएका छन् ।
परिवारका अन्य सदस्यले भने महाबौद्धमा खाजा पसल सञ्चालन गर्दै आएका थिए । स्थानियले पसल वरिपरिका १ जनाको स्वाब परिक्षण गर्न माग गरेका छन् ।