काठमाडौं– बागमती प्रदेशको प्रमुख सचिव मानबहादुर विश्वकर्माले राजनीतिक र आर्थिक क्षेत्रमा दलित समुदायलाई पछाडि पार्नका लागि साङ्गठनिक रुपमै सिण्डिकेट तयार पारिएको दावी गरेका छन् ।
‘राज्यका विभिन्न निकायमा रहेर काम गरिरहेका दलित कर्मचारीहरुमाथि समेत विभिन्न लाञ्छना लगाउने प्रवृत्तिले समाजमा विभेद कायम रहेको स्पष्ट पारेको छ ।’ उनको दावी थियो । दलित समुदायले अधिकारको ठूलो लडाई लड्न अझै बाँकी रहेको बताउँदै उनले यस्ता सिण्डिकेट तोड्न तयार हुन आह्वान समेत गरेका छन् ।
क्रियाशील दलित पत्रकार संघले आइतबार राजधानीमा आयोजना गरेको डा. विश्वकर्मालाई बधाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जातीय विभेद अन्त्यको लडाइमा अब फरक तवर तरिकाबाट अघि बढ्नुपर्ने उनले बताए ।
यसैगरी, क्रियाशील दलित पत्रकार संघका अध्यक्ष पवित्रा सुनारले दलित पत्रकारको हकहितमा समेत राज्य मुकदर्शक बनिरहेको बताइन् । वर्तमान समयमा पनि दलित पत्रकारले समाचार संकलन र प्रशारण गर्दा समेत विभेद भोगिरहनु परेको उनले भनिन् ।