काठमाडौं– नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर ३ लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका–२४ वर्षीय अनिल वलीलाई प्रक्राउ गरेको हो ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ उनलाई गरिएको जानकारी दिए ।
प्रहरीले वलीको साथबाट सागर अधिकारी नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजस्व संकलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।