काठमाडौं– प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । मोबाइल खरिदका लागि एक व्यक्तिलाई नक्कली नोट दिने बाँकेका २२ वर्षीय प्रशान्तसिंह ठकुरीलाई बिहीबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख ज्ञवालीका अनुसार २० हजार ५ सयमा खरिद गरेको मोबाइलको रकम तिर्ने क्रममा १९ हजार नक्कली नोट दिएकाले ठकुरीलाई पक्राउ गरिएको हो ।
अभियुक्त ठकुरीमाथि आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।