काठमाडौं– बैंकिङ कसुरमा एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ४३ वर्षीय चूडामणि कँडेललाई पक्राउ गरेको हो ।
कँणेलले मणि कँडेलको नामसमेत गरी दुईवटा नामबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए । उनी व्यापारका सिलसिलामा रकम पर्याप्त नभएको चेक दिई फरार भएका थिए ।
उनले एनएमबी बैंक र माछापुच्छ्रे बैंकको २२ लाखको चेक दिएकोमा भुक्तानी नभई फिर्ता भएको थियो भने पाँचवटा सहकारीमा समेत खाता खोली कारोबार गरेको अनुसन्धानको क्रममा देखिएको छ ।