पर्सा– वीरगन्जको शंकराचार्य गेटमा फ्ल्याग टावर स्थापना गरिएको छ । पर्सा क्षेत्र–१ का सांसद प्रदीप यादवले फ्ल्याग टावरको उद्घाटन गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य यादवको संसदीय विकास कोषबाट १० लाख र तलबभताको रकम ३ लाख ६२ हजार रुपैयाँबाट फ्ल्याग टावर निर्माण गरिएको हो ।
सांसद यादवले भारत–नेपाल जोड्ने मुख्य प्रवेशद्वारका रूपमा रहेको वीरगन्जको शंकराचार्य गेटमा नेपालको झन्डा स्थापना गर्दा गर्वको अनुभूति भएको बताएका छन् ।
भारत तथा अन्य तेस्रो मुलुकबाट आउने आगन्तुकलाई नेपाल प्रवेश गरेको अनुभूति गराउन फ्ल्याग टावर उद्घाटन गरिएको सांसद यादवको भनाइ छ ।
