काठमाडौं– मुक्तककार देवकी तिमल्सिनाको मुक्तक संग्रह ‘छुटेका सपनाहरु’ सार्वजनिक भएको छ । मुक्तक संग्रह बिहिबार कर्णाली प्रदेशका विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा प्रदेश सभा सचिवालय सचिव जीवराज बुढाथोकीले लोर्कापण गरेका हुन् ।
कृति विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री रावलले साहित्य सिर्जनाले समाजमा परिवर्तन ल्याउने बताए । रावलले समाज परिवर्तनका लागि कुनैबेला बन्दुक बोकेर हिडेकी देवकीले आज कलममा सिङ्गो देश बोकेर हिडेको भन्दै चर्चा गरेका छन् ।
सुन्दर सुन्धारा स्मृति प्रतिष्ठान हुम्लाले प्रकाशन गरेको मुक्तक संग्रहमा देवकीले १० वर्षे जनयुद्ध, त्यसपछि बनेको सरकारले पनि समेट्न नसकेका सर्वाहाराका कुरालाई समेटेको तिमल्सिना बताउँछिन् ।