नवलपरासी– बिहीबार बिहानै सुस्ता गाउँपालिका रामनगरका राधेश्याम कोइरी नारायणीको भेलमा बेपत्ता भएका छन् ।
बाढीले बगाएर ल्याएको दाउरा टिप्न नारायणी नदी किनारमा पुगेका ५० वर्षीय कोइरी दाउरासँगै बगेर बेपत्ता भएका हुन् ।
कोइरी बिहानै बाढीले बगाएर ल्याएको दाउरा टिप्न भन्दै नदी किनारमा पुगेका थिए । नदीमा रहेको दाउरा निकाल्ने क्रममा दाउरासँगै बगेर बेपत्ता भएका कोइरीको खोजी भइरहेको प्रहरीले जनाएको ।