वेनचाङ– चीनले बिहीबार मंगलग्रहको अध्ययन गर्न प्रक्षेपण गरेको पाँच टन वजनको तियानवेन–१ अन्तरिक्ष यान करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने भएको छ । चीनले मंगल अभियानलाई तियानवेन–१ नाम दिएको छ ।
हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए । उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए ।
मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ ।
मंगलग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश अभियान असफल भएका छन् ।