काठमाडौं– कोरोनाको महामारीमा देशका विभिन्न स्थानमा सुरक्षमा खटिएका १ सय ११ जना प्रहरी कोरोना संक्रमित भएका छन् । संक्रमित प्रहरीमा २ महिला तथा १ सय ९ जना पुरुष रहेका छन् । देशका विभिन्न स्थानमा कार्यरत प्रहरी मध्ये ६ जना इन्स्पेक्टर, ८ जना सई, ७ जना असई, ३३ जना हवल्दार तथा ५६ जना प्रहरी जवान र १ जना कार्यलय सहयोगीमा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौं, भक्तपुर, धनकुटा, मोरङ, बारा, धनुषा, सर्लाही, सिराहा, सप्तरी, रौतहट, महोत्तरी, तनहुँ, नवलपरासी, बाग्लुङ, स्याङ्जा लगायतका स्थानमा सुरक्षमा खटिएका प्रहरीमा कोरोना संक्रम देखिएको हो । संक्रमित मध्ये हालसम्म ९४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
कोरोना मुक्त प्रहरीलाई काममा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।