काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुयुएचओ) ले यो वर्ष कोरोना भाइरस विरुद्धको खोप नबने दाबी गरेको छ ।
डब्लुयुएचओका कार्यकारी निर्देशक माइक रेयानले सन् २०२१ अघि कुनै पनि खोप बन्न नसक्ने बताएका हुन् ।
उनको यो अभिव्यक्तिले कोरोना भाइरस विरुद्धमा लागेका मानिसमा हलचल पैदा गरेको छ ।
उनले खोप यति सजिलै बन्ने र अझै पनि सामाजिक दुरी कायमै राख्दै मास्को प्रयोग अनिवार्य तथा डब्लुयुएचओले भने झै गर्न सुझाव दिएका छन् ।
केही दिन अघि मात्र रसियाले आफुहरुले कोभिड – १९ विरुद्ध लड्नका लागि खोप तयार पारिसकेको दाबी गरेको थियो ।
यतिबेला चीन, अमेरिका, बेलायत, भारत लगायत विश्वका अन्य देशहरु खोप निर्माणका लागि काम गरिरहेका छन् ।