धादिङ– पृथ्वी राजमार्गको मुग्लिङ–नारायणगढ सडकखण्डमा पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ ।
चारकिलोस्थित खसेको पहिरो हटाएको एकाध घण्टामै भरतपुर नगरपालिकास्थित पन्ध्रकिलोस्थित बतासेडाँडामा पहिरो खसेको हो ।
मंगलबार राति करिब ९ बजेतिर खसेको पहिरोका कारण अनुगमनमा पसगेका भरतपुर जिल्लाका प्रमुख अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोली बीचमै अड्किएका थिए । बुधबार बिहानबाट पहिरो हटाउने कार्य सुरु भएको भरतपुर प्रशासनले जनाएको छ ।