एजेन्सी– साउदी अरेबियाले यो वर्ष केवल १ हजार तीर्थयात्रीहरूलाई मात्र हज गर्न अनुमति दिने भएको छ ।
सोमबार साउदी अरेबियाले सो कुराको घोषणा गरेको हो । साउदीको सरकारले आफुहरु पनि कोरोना भाइरसकै लडाईमा लडिरहेका कारण भाइरस संक्रमणको कुरालाई ध्यानमा राख्दै यो निर्णय गरेको बताएको छ ।
कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै केन्द्रीय अल्पसंख्यक मामिला मन्त्री मुख्तार अब्बास नकवीले साउदी अरब सरकार समक्ष यो वर्ष हजमा धेरै तीर्थयात्रीहरू नभित्र्याउन आग्रह गरेका थिए ।
साउदी अरब सरकारको उनको कुरालाई सम्मान गर्दै सो निर्णय गरेको हो ।
बैंकक पोस्टको प्रतिवेदन अनुसार साउदी अरेबिया बाहिर रहेका तीर्थयात्रीहरूले यसमा भाग लिन पाउने छैनन् भने यस पटक भारतका कुनै भक्तजन पनि हज यात्रामा नजाने बताइएको छ ।
यो निर्णयसंगै विश्वभरमा रहेका मुस्लिमहरुलाई निराशा बनाएको छ । साउदी अरेबियाले हज यात्राका लागि छानिएका सबै २ लाख १३ हजार व्यक्तिको पैसा उनीहरूको खातामा फिर्ता समेत पठाइ सकेको छ ।