काठमाडौं– चीनको खासा क्षेत्रमा पर्ने हिमताल ‘केरुङ च्छो’ फुटेर भोटेकोशीमा बाढी आउने भन्दै सो नदी किनारका वासिन्दालाई सचेत हुन सिन्धुपाल्चोक जिल्ला प्रशासनले सचेत गराएको छ ।
सिन्धुपाल्चोक जिल्ला प्रशासनले एक विज्ञप्ती जारी गर्दै भारी वर्षाका कारण ‘केरुङ च्छो’ हिमताल भरिएर फुट्न सक्ने चीनबाट जानकारी आएको र त्यसले भोटेकोशीमा बाढी आउने खतरा रहेको उल्लेख गरिएको छ ।
प्रशासनले भोटेकोशी नगरपालिका, बाह्रबिसे नगरपालिका र नदी किनारका वस्तीमा उल्लेख्य प्रभाव पार्ने खतरा रहेकोतर्फ सचेत गराउँदै सम्भावित जोखिमबाट जोगिन पूर्वतयारी गर्न र सुरक्षित रहन भनेको छ ।