कठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले कोरोना कहरका बीच पनि जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं स्थित एक कार्यक्रमको आयोजना गरि एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत एल पी दास र ललितपुर शाखाका एजेन्सी म्यानेजर श्याम प्रसाद भट्टराईले मृतकका परिवारलाई १२ लाख रुपैँया हस्तारण गरेका हुन् ।
बीमित स्व.रामचन्द्र श्रेष्ठको मृत्यु दाबी भुक्तानी रकम उनको श्रीमती होमकुमारी श्रेष्ठ र छोरा सुरेन्द्र श्रेष्ठलाई दिइएको थियो ।
मृतक श्रेष्ठले १५ वर्षको अवधीका लागि १० लाख रुपैँयाको जीवन बिमा गरेका थिए, जसमा उनले तीन किस्ता बुझाएका थिए ।
कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले १५ दिनभित्रमा रकम हस्तान्तरण गरेको म्यानेजर भट्टराइले बताए ।
आफुहरुले प्रदान गरेको उक्त रकम मृतकको परिवारको घाउमा मलमको काम गर्ने उनले बताएका थिए ।