काठमाडौं - बेलायतले चीनमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
चीनले सिनजियाङ प्रान्तमा रहेका अल्पसंख्यक उइगर मुसलमान समुदायमाथि गरिरहेको दमन नरोके प्रतिबन्ध लगाउने बेलायतले चेतावनी दिएको हो ।
बेलायतका विदेश सचिव डोमिनिक रावले बीबीसीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले चीनले अल्पसंख्यक उइगर समुदायको जनसंख्या नियन्त्रण गर्नका लागि महिला तथा पुरुषहरुलाई उनीहरुको अनुमति बिना नै परिवार नियोजन गर्ने गरेको आरोप लागेका थिए ।
यसरी परिवार नियोजन लगायत चीनले अन्य विभिन्न यातनाहरुको बारेमा दमन गरेको प्रतिवेदन सार्वजनिक हुँदा समेत चीन नसुध्रिएको डोमिनिकको भनाई छ ।
तर बेलायतका लागि चिनियाँ राजदूत लियू सियामिङले भने डोमिनिकको आरोपको खण्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।