सुनसरी– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति एक कोरोना संक्रमितको मृत्यु भएपछि कुल संख्या ४० पुगेको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक संक्रमित वृद्धको बिहीबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएका ७३ वर्षीय वृद्धलाई असार ३१ गते प्रतिष्ठानको आइसोलेसनमा राखिएको थियो ।